नेपालको निर्वाचन सम्पन्न भएकोमा चीनद्वारा स्वागत

बेइजिङ – चिनियाँ विदेश मन्त्रालयले नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरेको छ । विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा जवाफ दिँदै प्रवक्ता माओ निङले भनिन्, ‘नेपालले प्रतिनिधि सभाको निर्वाचन निर्धारित समयमै र स्थिर रूपमा सम्पन्न गरेकोमा चीन बधाई ज्ञापन गर्दछ । नेपालले आफ्नो राजनीतिक एजेन्डालाई सहज रूपमा अगाडि बढाएको देख्दा हामीलाई खुसी लागेको…