काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कार्यरत इञ्जिनीयर प्रदीपकुमार यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ । इलेक्ट्रिसिटी सहायक पदमा नियुक्त भएका यादवले इञ्जिनीयर पदमा बढुवा हुने प्रयोजनका लागि पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रणको कार्यालय, कास्कीबाट जारी भएको स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगले…