मन्त्री मगरको उदाहरणीय काम, सहिद गौतमका ३ छोरीलाई काठमाडौंमा भर्ना

काठमाडौं— कञ्चनपुरमा भएको सीमा विवादमा भारतीय सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाएका सहिद गोविन्द गौतमका तीन छोरीलाई काठमाडौंको विद्यालयमा भर्ना गरिएको छ। कञ्चनपुरबाट चुनाव जितेकी खानेपानी तथा सरसफाइमन्त्री बीना मगरको पहलमा बालिकाहरुलाई बालुवाटारस्थित मातृभूमि शिक्षा सदनमा भर्ना गरिएको हो। नेपाल–भारत सीमामा भएको झडपमा २०७३ साल फागुन २६ गते भारतीय सुरक्षा बलको गोलीबाट मारिएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का…