हेटौँडा – मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी चिह्न) का उम्मेदवारले अग्रता कायमै राखेका छन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ दुवै क्षेत्रमा घन्टीले अग्रता कायम राखेको हो । मतगणना जारी रहँदा हेटौँडास्थित मतगणनास्थल बाहिर समर्थकहरूको भीड बढ्दै गएको छ । घन्टी पक्षधरहरूले मतगणनास्थल बाहिर नाराबाजी…