पोखरा – पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायको डिनमा डा. अमर नागिला नियुक्त भएका छन् । विश्वविद्यालयको सोमबार बसेको कार्यकारी परिषद्ले डा. नागिलालाई डिन नियुक्त गरेको हो । स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेसका सहप्राध्यापकसमेत रहेका डा. नागिला लाइफकेयर डाइग्नोस्टिक ल्याबका सञ्चालक हुन् । स्वास्थ्य विज्ञान संकायको डिनमा डा. नागिलासहित कार्यकारी परिषद्ले मानविकी तथा समाजशास्त्र संकायको…