काठमाडौं - अन्तर्राष्ट्रिय कुटनीतिमा विश्व शक्तिराष्ट्र अमेरिका र उदीयमान शक्तिराष्ट्र चीन एकअर्काका प्रतिस्पर्धी हुन् । त्यसको छायाँ नेपालमा समेत पटक–पटक देखिने गरेको छ । गत फागुन दोस्रो साता नेपाल भ्रमणमा रहेका बेला दक्षिण तथा दक्षिणपूर्वी एसिया मामिलासम्बन्धी अमेरिकी सहायक रक्षामन्त्री जोसेफ फेल्टरले नेपालमा चीनको लगानीबारे प्रश्न उठाउँदै चीनको विरोध गरे । उनले चिनियाँ लगानीका कारण…