काठमाडौं - बझाङको कालंगा बेसिनमा साढे ६४ मेगावाटका ३ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । अबको डेढ वर्षभित्र सम्पन्न भइ राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने गरी ११ अर्ब रुपैयाँ लागतका यी आयोजना निर्माण भइरहेका हुन् । यो बेसिनमा ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड, १५.३३ मेगावाटको कालंगागाड र १०.७ मेगावाटको सानीगाड निर्माण भइरहेको आयोजना संयोजक सुनिल रेग्मीले बताए…