सरकारको काममा डिस्टर्ब नगर्नुस् : सञ्चारमन्त्री बाँस्कोटा

काभ्रे-  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा अवरोध नपुर्याउन सबैमा आग्रह गरेका छन् । बनेपा नगरपालिका–१० काङ्गलमा आज पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भने, ‘सरकार क्रमैसँग विकास निर्माणका काम गर्दैछ, सरकारको काममा डिस्टर्ब नगर्नुस् ।’ उनले जनतासँग खाएको कसम केही पूरा भएको जिकिर गर्दै बाँकी क्रमैसँग पूरा गरिने प्रतिबद्धता व्यक्त गरे ।…