सर्लाहीका कोरोना सङ्क्रमित मानसिक रोगी

सर्लाही - सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलमा एकजना मानसिक रोगीमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ । धनकौलका ४५ वर्षीय एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । सङ्क्रमित व्यक्तिको २६ गते जनकपुरमा पिसिआर टेष्ट गरिएको थियो । त्यहाँ…