काठमाडौं – शिक्षा तालिम केन्द्र धुलिखेलले अनलाइनमा आधारित पाँच दिने पुनर्ताजगी तालिम सञ्चालन गरेको छ । विश्वव्यापी कोरोना भाइरसको महामारी र बन्दाबन्दीको अवस्थामा तालिम केन्द्रले शिक्षकहरुलाई पाँच दिने अनलाइन तालिम सञ्चालन गरेको हो । तालिमको उद्घाटन गर्दै प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले तालिमले शिक्षकको वृतिविकासमा काम लागे पनि कक्षा कोठामा गएर कार्यान्वयन गर्ने…