भारतबाट अर्घाखाँचीका किरियापुत्रीलाई घर ल्याइयो

अर्घाखाँची – भारतीय क्वारेन्टाइनमा बसेका पाणिनी गाउँपालिकाका एक किरियापुत्रीलाई घरमा ल्याइएको छ । पाणिनि–४ पटौटी, निगालीका धनीश्वर विक लकडाउनका कारण २३ दिनदेखि भारतको नौतनवा क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनको बसाइकैक्रममा घरमा बिरामी बुवाको यही वैशाख ८ गते निधन भएपछि उनलाई काजकर्मका लागि घरमा ल्याइएको हो । स्थानीयवासी उदयबहादुरका एक्ला छोरा धनीश्वर बुवाको निधनमा पनि…