काठमाडौँ—अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्न सकिने बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गरे ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताएका हुन्। चालू आर्थिक वर्ष ०७५—०७६ मा प्रक्षेपित आर्थिक…