काठमाडौँ—तत्कालीन नयाँ शक्तिकी केन्द्रीय सदस्य तथा पूर्वसांसद सीमा विक नेकपा प्रवेश गरेकी छन्। धुम्वराहीस्थित नेकपाको मूख्यालयमा आयोजित स्वागत कार्यक्रममा उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले स्वागत गरेका हुन्। विक पूर्व संविधानसभा सदस्य हुन्। सो अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले एकता प्रक्रियामा एक कदम अघि बढिएको भन्दै पोलिटब्यूरो, जनवर्गिय संगठन र कार्यविभाजन एक…