काठमाडौँ - सभामुख कृष्णबहादुर महरा कतारको दोहामा हुने अन्तर संसदीय युनियन (आइपियु) को १४० औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार कतारतर्फ प्रस्थान गरे । चैत २३ देखि २७ गतेसम्म चल्ने सो महासभामा उनले ‘शान्ति, सुरक्षा र कानूनी शासनको शिक्षा अभिवृद्धि गर्न संसद् उपयुक्त मञ्च’ शीर्षकअन्तर्गतको छलफलमा उनले नेपालको धारणा प्रस्तुत गर्नेछन् ।…