काठमाण्डु- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नख्खुस्थित केन्द्रीय कार्यालयमा छापा मारेको छ। सीआईबी स्रोतका अनुसार कम्पनीमा भएको भनिएको अनियमिततासम्बन्धी अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन र नेपाल टेलिकम्युनिकेशन अथोरिटीले गरेको पत्राचारका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। स्रोतका अनुसार एनसेल स्मार्ट टेलिकमसँग सम्बन्धित सम्पत्ति लिलामी प्रकरण तथा शेयर बाँडफाँटसम्बन्धी…