कार्यवाहक राजदूत आरन र अमेरिकी सहायक विदेशमन्त्री कपुरबीच भेट

काठमाण्डु - अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरद राज अरनले दक्षिण तथा मध्य एसियाका लागि सहायक विदेशमन्त्री एस पल कपुरसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच वाशिङटनमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धका विभिन्न आयाम, द्विपक्षीय सहकार्य तथा आपसी हितका क्षेत्रहरूबारे विस्तृत छलफल भएको छ ।