काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको निवासमा बम पड्काउनेको पहिचान भइसकेको बताएका छन् । मंगलबार ललितपुरको हात्तिबनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको निवासमा पुगेपछि प्रतिक्रिया दिँदै उनले केही समूह अस्थिरता निम्ताउन उद्दत रहेको बताउँदै उनीहरुको पहिचान भइसकेको र उनीहरुलाई छिट्टै पक्राउ गरिने बताए । साथै उनले निर्वाचन आयोगका पदाधिकारीहरुको सुरक्षामा कुनै कसर बाँकी…