घोराही - पूर्व भारतीय क्याप्टेन मनबहादुर पुनमगरको ८८औँ जन्मदिनका अवसरमा उनका छोराहरुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । घोराही उपमहानगरपालिका–१४ ढोडेनी निवासी पुनमगरको जन्मोत्सवमा मनबहादुर पुनमगरका छोराहरुले एकदिने स्वास्थ्य शिविर आयोजना गरेका हुन् । शिविरमा स्थानीय ढोडेनी टोल विकास समिति र अन्य टोलका स्थानीयवासीलाई लक्षित गरी शिविर आयोजना गरिएको पुनका माइला छोरा नरेन्द्र पुनले…