काठमाडौं—सरकारले डेंगु परीक्षण तथा उपचार निशुल्क गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई निर्देशन दिएको छ । पछिल्लो समय काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रुपमा नै देखापर्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्देशन दिएको हो। स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले अस्पतालको निरीक्षणका क्रममा सेवा लिन अस्पतालमा आउने बिरामीलाई बिना झञ्झट निःशुल्क सेवा दिन र…