काठमाडौं –सरकारले मितव्ययी नीति अनुसार मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेकाे छ। प्रधानमन्त्री केपी शर्मा अाेलीले विदेश जाने, घुमेर आउने मात्र गर्नाले ठूला धनराशी खर्च हुन गरेको तर त्यसबाट उपलब्धी शून्य हुने भन्दै कडाइ गरिएकाे बताए। 'गत वर्ष मन्त्रालयगत रुपमा कति कर्मचरी विदेश गएका छन् त्यस वापत कति रकम खर्च भएको छ त्यसको पूर्ण विवरण मैले…