करिब दुई अर्बको जग्गा किन्दै काठमाडौं प्रहरी, दुई महिनाभित्र आफ्नै जग्गामा सर्दै परिसर

काठमाडौं – काठमाडौं प्रहरीले पौने दुई अर्बको जग्गा किन्ने भएको छ । सरकारले महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखालाई करिब पौने दुई अर्ब निकासा गरेपछि परिसरले भद्रकालीस्थित नेपाल खाद्य संस्थानको १५ रोपनी जग्गा र महाशाखाले नेपाल आयल निगमको टेकुस्थित नौ रोपनी जग्गा खरिद गर्ने भएको हो । केही दिनअघि मात्र सरकारले महानगरीय परिसरलाई…