जलवायु सम्मेलनमा भाग लिएर स्वदेश फर्किए उपराष्ट्रपति र वनमन्त्री

काठमाडौं— उपराष्ट्रपति नन्दबहादुर पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत अष्ट्रियाको भियनामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ‘आर–२० अष्ट्रियन विश्व सम्मेलन’मा सहभागी भइ शनिबार स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनीहरुलाई सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत गरे। स्वागतका लागि नेपाल सरकारका उच्च…