जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नेपाल र अष्ट्रियाबीच सहकार्य आवश्यक : वनमन्त्री बस्नेत

अष्ट्रिया - अष्ट्रिया भ्रमणमा रहेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग टिरोल प्रान्तका उपगभर्नर ईन्ग्रीड फेलिपेले शिष्टाचार भेट वार्ता गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनसँग भ्रमणमा रहेका मन्त्री बस्नेतसँग उपगभर्नर फेलिपेले विहिबार शिष्टाचार भेट वार्ता गरेका हुन् । भेटमा वनमन्त्री बस्नेतले नेपाल र अष्ट्रियाको सम्बन्ध, आपसी सहयोग र सहकार्यको बारेमा चर्चा गर्नुहुँदै दुई देशबीचको सम्बन्ध…