काठमाडौं – मनसुनी न्यूननचापीय रेखा भारतबाट नेपालतर्फ सर्न थालेकाले असारको तेस्रो साताबाट देशभर मनसुन थप सक्रिय हुन थालेको छ । शनिबारबाट देशको धेरैजसो ठाउँमा पानी परेपनि आइतबारबाट पानी पर्ने क्रम अझ बढ्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो मध्य र पश्चिमी क्षेत्रको पहाडी भू–भागमा भारी बर्षा हुने सम्भावना…