जाजरकोट - नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यक्रताले नलगाड नगरपालिका–१० को वडा कार्यालय तोडफोड गरेका छन्। कार्यालयका कुर्सी, दराज, कागजातमा क्षति र्पुयाइएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकाेटले कार्यालय तोडफोड गरेको पुष्टि गरेको छ। उनीहरुले जनप्रतिनिधिहरुलाई भ्रष्ट, दलालको आरोप लगाउँदै कार्यालय तोडफोड गरेका छन्।