काठमाडौं - उपचारको क्रममा चावहिलस्थित ओम अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । पित्तथैलीमा समस्या देखिएपछि ओम अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक इन्द्रवातीकी ५० वर्षीय रामप्यारी थापाको अपरेशन गरेको ६ दिनपछि बिहीबार मृत्यु भएको हो । उनको गत शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि स्वास्थ्यमा सुधार आउनुको सट्टा झन्झन् जटिल बन्दै गए…