काठमाण्डु - नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलमा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रूपमा अवरुद्ध भएको छ। आइतबार बिहान पहिरो खसेपछि सडकमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडक सफा गर्न डोजर मगाइएको छ। पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ…