झापा : इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी हिरासतमा रहेका दुई भारतीय थुनुवा सोमबार राति फरार भएका छन् । हिरासत कक्षको ताला फोडेर थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए । फरार हुनेमा भारतको दार्जिलिङ जिल्ला अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण…