काठमाडौं - एसियाको सबैभन्दा बृहत् खेलकुद प्रतियोगिता हो, ‘एसियाली खेलकुद’। इन्डोनेसियाको राजधानी जाकार्तामा १८औं एसियाली खेलकुद सुरु हुन करिब चार महिना बाँकी रहँदा यस क्षेत्रका अधिकांश राष्ट्र प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त देखिन्छन्। प्रतियोगितामा बढीभन्दा बढी पदक जितेर आफूलाई एसियाकै शक्तिशाली खेल राष्ट्रको रूपमा स्थापित गराउन कतिपय राष्ट्रले आफ्ना खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाएका छन् भने अधिकांशले…