काठमाडौ - यातायात व्यवस्था विभागले एक महिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी थालेको छ। ‘देशभरको जुनसकै यातायात कार्यालयबाट ट्रायल पास गरे पनि स्मार्ट कार्ड प्रदान गर्छौं’, विभागका निर्देशक एवम् सूचना अधिकारी तुलसीराम अर्यालले भने ‘राजस्व तिरेको एक महिनाभित्र स्मार्ट लाइसेन्स लिन सकिन्छ।’ तर उनले काठमाडौं उपत्यकामा भने एक साताभित्रै दिन सकिने दाबी गर्नुभयो। सेवाग्राहीले सवारी चालक अनुमतिपत्रका…