विद्युत चुहावट रोक्न उर्जामन्त्रीको सक्रियता :१६ वितरण केन्द्रसंग भयो यस्तो सम्झौता

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखी ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय र सञ्चालक भक्तबहादुर पुनको उपस्थितिमा नेपालगञ्ज क्षेत्रीय कार्यालयअन्तर्गतका वितरण केन्द्रका प्रमुखसँग सोमबार साँझ नेपालगञ्जमा कार्यसम्पादन सम्झौता गरिएको…