पार्टी एकता र सरकार गठन सँगसँगै गर्ने ओली–प्रचण्डको सहमती

काठमाडौं - एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै टुंगो लगाउने गरी छलफल केन्द्रित गरेका छन् । चार दिनयता लगातार ‘वान टु वान’ छलफल गरिरहेका ओली र प्रचण्डले दुवै विषयलाई सँगसँगै टुंगो लगाउने सहमति गरेका हुन् । आइतबार दुई नेताबीच ललितपुरस्थित मानभवनमा करिब साढे तीन घन्टा छलफल…