काठमाडौं - पूर्वमा मनसुनी गतिविधिका कारण बिहीबार देशभरको मौसम बदली भई धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मनसुन भित्र्याउने वायु देशको पूर्वी भूभागमा सक्रिय हुन थालेकाले पूर्वको झापा, मोरङ, पाँचथर, इलाम, ताप्लेजुङ लगायतका ठाउँमा अहिले पानी परिरहेको महाशाखाले जनाएको छ । पूर्वबाट क्रमशः मनसुन देशको मध्य…