झापामा लागूऔषध कारोबारी सशस्त्रको कब्जामा

झापा– झापाको काकडभित्तामा लागू औषधसहित एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले ठुलो परिणाम लागुऔषधसहित १९ वर्षिय प्रदिप तामाङलाई पक्राउ गरेको छ ।   सशस्त्रले तामाङको साथबाट फेनेरागन ४९, लुपीजेसिक ४९ र डिएजपाम ४७ थान बरामद गरेको छ । तामाङलाई सशस्त्रले स्थानीय प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरीका डीएसपी दिनेश वस्नेतले जानकारी दिए ।