फिफा वरियतामा एक स्थान सुधार्दै नेपाल १६९ स्थानमा

काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय ( फिफा) को वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। यसअघि १७० औँ रहेको नेपाल एक स्थान सुधार गर्दै १६९ स्थानमा उक्लिएको हो।   दक्षिण एसियाली राष्ट्रमा नेपाल भारत, माल्दिभ्स र भुटानभन्दा पछाडि रहेको छ। एक स्थान तल झरेको भारत दक्षिण एसियामा शीर्ष स्थानमा छ। भारत ९७ औँ स्थानमा छ।…