काठमाडौं - प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने अपेक्षा गरिएको शुक्रबारको मन्त्रिपरिषद् बैठकले यी दुवै विषयमा निर्णय लिन सकेन । प्रदेश प्रमुख, मुकाम तोक्ने काम सरकारको भएको भन्दै बिहीबार सर्वदलीय बैठकले सरकारलाई निर्णय लिन सहमति दिएको थियो । सर्वदलीय बैठकको भोलिपल्ट शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई विषय टुंग्याउने अपेक्षा गरिए…