रुपन्देही– बुटवलमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ। शुक्रबार राति धारिलो हतियार प्रहारबाट बुटवल–१० का धुमे गिरीको हत्या भएको हो। गिरीको शव हत्या गरी फालिएको अवस्थामा कालिकाचोक नजिकै बाटोको बिचमा भेटिएको थियो। प्रहरीले हत्यामा संलग्न भएको आशंकामा बुटवल–११ का ३८ वर्षका संजय नेपालीलाई पक्राउ गरेको छ । …