बेइजिङ—राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको मुख्य शिकार महिला र विपन्न समुदाय बनिरहेको बताएकी छिन्। अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’को शनिबार आयोजित तेस्रो सत्रको ‘संयुक्त राष्ट्र सङ्घको सन् २०३० सम्मको एजेण्डा कार्यान्वयन गर्न हरियाली प्रवद्र्धन तथा दिगो विकास’ विषयक छलफलमा राष्ट्रपति भण्डारीले अबको बाटो हरित अर्थतन्त्रको विकास भएको र वातावरणीय दृष्टिकोणबाट हानिकारक देखिएका…