छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुस्ः शिक्षामन्त्री पोखरेल

बर्दिवास- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमै आफ्ना छोराछोरीलाई भर्ना गर्न अनुरोध गरेका छन् । महोत्तरी, भङ्गाहा नगरपालिका–४ थारुटोल वनरास्थित जनता आधारभूत बिद्यालयका छात्रछात्रालाई पाठ्यपुस्तक वितरणपछि सो विद्यालयका प्रधानाध्यापक कैलाश चौधरीसहित सबै शिक्षकसँग मन्त्री पोखरेलले यस्तो अनुरोध गरेका हुन् । पछिल्ला केही दशकयता सामुदायिक विद्यालयको शाख गिरेको अवस्था स्वीकार्दैत्यसलाई…