काठमाण्डु– जेनजी आन्दोलनका अगुवाहरुले जबर्जस्ती सुकुमबासी बस्ती खाली गराउने कार्य रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जेनजी अगुवाहरू अर्णव चौधरी, ओजस्वी भट्टराई, तनुजा पाण्डे, माजिद अन्सारी, प्रज्वलविक्रम राणा, कविता राई, विकासकुमार गुप्ता र गोपाल रेन पहेलीले रिट दायर गरेका हुन् । जसमध्ये पहेली आफैं थापाथलीस्थित सुकुमबासी बस्तीका हुन् । सर्वोच्च अदालतका…