काठमाडौं–मुलुकका ७५३ मध्ये कतिपय स्थानीय तहका जनप्रतिनिधिमा बिलासी सवारीसाधनको मोह रहेको खबर बेलाबेला सार्वजनिक भइरहँदा दक्षिणकाली नगरपालिकाकी उपमेयरले गाडीका लागि छुट्याइएको रकम शिक्षा र स्वास्थ्यको क्षेत्रमा खर्च गर्ने भएकी छन्। उपमेयर बसन्ती तामाङ डंगोलको सवारी सुविधाका लागि ३० लाख रुपैयाँ विनियोजन भएको थियो। तर, उनले उक्त रकम कृषि प्राविधिक विद्यालय सञ्चालन गर्न र एम्बुलेन्समा खर्च…