बर्दिया - बर्दियाको पूर्व-पश्चिम राजमार्गको भूरिगाउँ बजारमा बसले ठक्कर दिंदा १४ वर्षीया बालिकाको मृत्यु भएको छ । कालीकोटबाट कैलालीको टीकापुरतर्फ गइरहेको ना४ख ५३७५ बसको ठक्करबाट विद्यालय जान हिँडेकी बर्दिया ठाकुरबाबा नगरपालिका-६ बकुवाकी निर्मला चौधरीको मृत्यु भएको हो । निर्मला भेरी पब्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् । बालिकाको मृत्यु भएपछि आफन्त र स्थानीयले…