काठमाण्डु– एक साताका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आइतबार संघीय निजामती सेवा विधेयक पारित गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।