तनहुँ – टिप्परको ठक्करबाट तनहुँमा मोटरसाइकल चालकको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–१ नाहालास्थित सडकमा बा प्र ०६–००१ प ९२३३ नम्बरको मोटरसाइकललाई ग२ख १५६१ नम्बरको टिप्परले आईतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीको रूपा गाउँपालिका–७ बस्ने ४५ वर्षीय धर्मराज सेनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु…