काठमाडौं– हृदयघातका कारण ज्यान गुमाएका प्रकाश दाहालको आजै अन्त्येष्टि गरिने भएको छ। प्रकाशको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिने भएको छ। दिउँसो १ देखि श्रद्धाञ्जलीका लागि प्रकाशको पार्थिव शरीर पेरिस डाँडामा राखिने र आज नै अन्त्येष्टि गरिने माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। प्रकाशको पशुपति आर्यघाटमा…