काठमाण्डु - फिल्म महाभोज शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ। दिनेश राउत निर्देशित यस चलचित्रले करिब २०० शोसहित सार्वजनिक प्रदर्शन सुरुवात गरेको हो।दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका रहेको यो चलचित्रले दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ। काठमाण्डुका केही दिनअघि प्रिमियर भइसकेको महाभोजको टोलीले…