काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गर्न खोज्ने युवा पक्राउ परेका छन् । शनिबार नुवाकोटको सूर्यगढी गाउँपालिका–३ चोकदेस्थित बागेश्वरी माविको हिरक जयन्ती समारोहमा प्रचण्डसँग प्रश्न गर्न खोज्दा सुर्यगढी गाउँपालिका–२ बोहोरेका जनार्दन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष प्रचण्डले कार्यक्रममा मन्तव्य राखिरहेको बेलामा नजिकै बसिरहेका उनले बीचमा उठेर ‘मेरो तपाईंसँग एउटा…