काठमाण्डु - नेपालमा यसपटक मनसुन ५७ वर्षयताकै सबैभन्दा छिटो भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार यसअघि मनसुन सबैभन्दा छिटो सन् १९९६ मा मे ३१ तारिखका दिन नेपाल भित्रिएको थियो । यस वर्ष सन् २०२५ मा त्यसभन्दा अझ चाँडो मे २९ तारिखमै मनसुन नेपाल भित्रिएको हो । नेपालमा मनसुन प्रवेश गर्ने सरदर मिति जुन १३…