काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरू समेटिएको बताएका छन् । शुक्रबार काठमाण्डुमा आयोजित कार्यक्रममा उनले उद्योग वाणिज्य महासंघले लिखित रूपमा दिएका सुझावहरू बजेटले समेटेको भन्दै आउने दिनमा त्यसको कार्यान्वयन हुने आशा गरेको बताए । उनले भने, ‘हिजो मात्र हाम्रो बजेट सार्वजनिक भएको छ…