नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीले गर्‍यो उद्धार

काठमाण्डु - चितवनका भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायाणी नदीको बिच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्धार गरेको छ। नारायाणी नदीमा बाँध बाँधी गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बिच भागको टापुमा फसेका उनीहरूको सकुशल उद्धार गरिएको हो। उनीहरू नदीको बिच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण…